संसद अधिवेशन अन्त्य गर्न सरकारको सिफारिस

admin

काठमाडौं, १ चैत : सरकारले संघीय संसदको चालू अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी अधिवेशन अन्त्यको सिफारिस गरेको शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले जानकारी दिइन् ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराविरुद्धको महाअभियोग प्रस्तावमा छलफल अघि नबढ्दै अधिवेशन अन्त्य गरिएको हो।

संसद अधिवेशन अन्त्य भएसँगै थुप्रै विधेयकहरु पनि अलपत्र परेका छन्। संसदको यो अधिवेशनले एमसिसी सम्झौता पारित गरेको थियो।

प्रतिक्रिया