स्थानीय निर्वाचनमा सबै दलले आफ्नै चुनाव चिह्न पाउने

admin

काठमाडौं, २ चैत : आगामी स्थानीय निर्वाचनमा सबै दलले आफ्नै दलको चुनाव चिह्न पाउने भएका छन्।

अहिलेसम्म राष्ट्रिय मान्यता प्राप्त दलले मात्रै आफ्नै चुनाव चिह्न पाउँदै आएका थिए। साना दलले आफ्नो चिह्नमा चुनाव लड्न पाउनुपर्ने माग गर्दै आएका छन्।

यसका लागि निर्वाचन आयोगले साना दललाई विवरण माग गरेको छ। तीन-चार दिनभित्र विवरण पठाउन पत्राचार गरेको निर्वाचन आयोगले जनाएको छ।

दलहरुले विवरण पठाएपछि यस सम्बन्धी निर्णय हुने एक आयुक्तले बताए। ”कानूनमा त दिने व्यस्था छैन, तर हामी सबैलाई उनीहरुकै चिह्न दिने निर्णय गर्छौ,” उनले हिमालखबरसँग भने।

राजनीतिक दललाई सबै जिल्लामा विवरण टिपाउन पत्राचार गरेको छ। जिल्लामा प्राप्त विवरणलाई जिल्ला निर्वाचन आयोगको कार्यालयले जाँचबुझ गरी ७ चैतसम्म केन्द्रीय कार्यालयमा पठाउन पत्राचार गरेको छ।

 

प्रतिक्रिया