फेरि बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको भाउ

admin

काठमाडौं, २ चैत : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ फेरि बढाएको छ।

भारतीय आयल कर्पोरेसनले मूल्य बढाएर पठाएको भन्दै नेपाल आयल निगमले बुधबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो।

निगमले पेट्रोल, डिजेल र मट्टितेलको भाउ प्रतिलिटर ५ रूपैयाँले बढाएको छ।बढेको मूल्यअनुसार अब काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर १५५ रूपैयाँ पर्नेछ। डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १३८ रुपैयाँ पर्नेछ।

हवाई इन्धनको मूल्य पनि बढेको छ। आन्तरिकतर्फ प्रतिलिटर १५ रूपैयाँ र अन्तर्राष्ट्रियतर्फ २०० डलर वृद्धि भएको छ। निगमले केहीअघि मात्रै पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो।

प्रतिक्रिया