काठमाडौं, ३ चैत : जल तथा मौसम विज्ञान विभागअन्तर्गत रहेको मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार देशका पहाडी भूभागमा आंशिक बदली हुने सम्भावना रहेको छ। अन्य भूभागको मौसम भने सामान्यतया सफा रहने छ।
देशभर तापक्रम बढ्ने क्रममा रहेकोले गर्मीका कारण हुन सक्ने असरबाट बच्न महाशाखाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।
हाल बिहार तथा आसपासका क्षेत्रमा निम्न चापीय प्रणाली रहेको छ। जसको कारण देशका पहाडी भूभागमा आंशिक बदली र अन्य भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको हो।
महाशाखाका अनुसार शुक्रबार बिहान देशका पहाडी भूभागमा आंशिक बदली र अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ।
शुक्रबार राती देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ। गण्डकी प्रदेश र प्रदेश १ का पहाडी भूभागका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावाना रहेको महाशाखाले जनाएको छ।