‘बैंकिङ र व्यवसायिक क्षेत्रमा समस्या देखियो’: अर्थमन्त्री शर्मा

admin

काठमाडौं,४ चैत : अर्थमन्त्री जनार्दन शर्माले बैंकिङ र व्यवसायीक क्षेत्रमा समस्या देखिएको भन्दै यस क्षेत्रको व्यवस्थापन गर्न चूनौति रहेको बताउनुभएको छ ।

शुक्रबार ललितपुर उद्योग वाणिज्य महासंघको ५५ औ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा अर्थमन्त्री शर्माले नेपालको बैंकिङ र व्यवसायीक क्षेत्र सवै ढालेमाले भएको भन्दै समस्या पैदा भएको भन्दै यसको चूनौतिपूर्ण व्यवस्थापनका लागि सुझाव आवश्यक रहेको बताउनुभएको हो ।

मन्त्री शर्माले अहिले आयातमा निकै बृद्धि भएको अन्तराष्ट्रिय क्षेत्रको हरेक बस्तुमा मूल्यबृद्धि हुनुले बैंकिङ र व्यवसायीक क्षेत्रमा असर परेको धारणा राख्नुभयो । उहाले आयात प्रतिस्थापन गर्नका लागि ठोस र मुर्त रुपमा क्षेत्रहरु निर्धारण गरेर नै काम गर्नुपर्ने उल्लेख गर्नुभयो ।

आयात प्रतिस्थापनका लािग उत्पादनमा सरकारले बिशेष जोड दिएको उहाको भनाई छ । उहाले नयाँ बजेट र नीति निर्माण गर्ने बेला आएकाले नीजि क्षेत्रको सुझाव आवश्यक रहेको र व्यवसायीक प्रवद्र्धन गर्ने उदेश्यले नै बजेट तयार गरिएको बताउनुभयो ।

त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सरकारी खर्च नहुने बिषय राष्ट्रिय रोग नै रहेको भन्दै यसका लागि नीति निर्माणमा ध्यान दिनुपर्ने बताउनुभयो । उहाले पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्न नसकेको भन्दै यस क्षेत्रमा लगाइएको सवै प्रकारका बन्देजहरु हटाइदिनुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा २५ वर्ष निरन्तर सङ्घको सदस्य भएका व्यक्तिलाई प्रशंसापत्र वितरण गरिएको थियो । यस्तै नेपालको संस्कृति र साहित्यमा योगदान पु¥याउने व्यक्तिलाई समेत सम्मान गरिएको थियो ।

 

प्रतिक्रिया