जनताले मुलुकको परिवर्तनको महशुस गर्ने गरी सरकारले काम गर्छ : भूमिमन्त्री श्रेष्ठ

admin

काठमाडौं,४ चैत : भूमि व्यवस्थापन, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले जनताले मुलुकको परिवर्तनको महशुस गर्ने गरि सरकारले काम गर्ने बताउनुभएको छ ।

शुक्रबार नापी कार्यालय भक्तपुरद्वारा मध्यपुर थिमिमा आयोजित लालपूर्जा बितरण कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले जनताले परिवर्तनको वास्तविक महशुस गराउनका लागि सरकार र जनप्रतिनिधि इमान्दार हुनुपर्ने बताउनुभएको हो ।

जनतालाई परिवर्तनको बोध अनुभूति हुने गरी विकास निर्माण र सेवा सुविधा प्रदान गर्ने कार्यमा सवै जनप्रतिनिधि लाग्नु पर्ने उहाको भनाई छ । उहाले नापी र मालपोतका कर्मचारी भन्ने बितिकै जनताले मुख फर्काउने काम गरेको इमान्दार भएर जनताको काम गर्न स्थानीय तहका जनप्रतिनिधि र मातहतका कर्मचारीलाई सुझाव दिनुभयो ।

लालपूर्जाको अभावमा राष्ट्रियताविहीन र मौलिक अधिकार उपभोग गर्नबाट अझै केही नेपाली बञ्चित हुन परेको अवस्था रहेको भन्दै मन्त्रि श्रेष्ठले यसलाई छिटै अन्त्य गरिने धारणा राख्नुभयो ।

लालपूर्जा बितरण कार्यक्रम सुरु गरेपछि मन्त्रालयले करिब १५ हजारको हाराहारीमा पूर्जा बितरण गरिसहेको उहाले जानकारी दिनुभयो ।कार्यक्रममा मध्यपुर थिमि नगरपालीका साविक वडा नंवर ६ र ७ का बासिन्दालाई जग्गाधनी दर्ता प्रमाण पुर्जा वितरण गरिएको थियो ।

 

प्रतिक्रिया