अर्थमन्त्रीले दिए घर-घरमा लुकाएको पैसा निकाल्ने चेतावनी

admin

काठमाडौं,४ चैत : अर्थमन्त्री जर्नादन शर्मा नागरिक लगानी कोषको वार्षिकोत्सवलाई सम्बोधन गर्दा कडा रुपमा प्रस्तुत भए । उनले घर घरमा शिरानीमुनी रकम लुकाएर राखेको संकेत गरे ।

कतिपय मानिसहरुले घरमै रकम लुकाएर राखेका कारण तरलता सृजना भएको उनको आशय थियो । त्यस्ता रकम खोजेर निकाल्ने चेतावनी दिए ।

तरलता अभाव सृजना गराउन खोजिएको बताउँदै शर्माले भने, ‘बजारबाट पैसा कहाँ हराइरहेको छ ? शिरानीमुनी र ओछ्यानमुनी बन्द रहेको त छैन भनेर खोजीमा लागेको छु ।’

शर्माले पूँजी निष्कृय भएर बसेको हुनसक्नेतर्फ समेत संकेत गरे । उनले नागरिकहरुलाई पूँजी निष्कृय नबनाउन आग्रह गरे । पछिल्लो समय बजारमा रकम अभाव भइरहँदा अर्थमन्त्री शर्माको भनाई सार्वजनिक भएको हो ।

प्रतिक्रिया