जग्गा बैना गरी ठगी गरेको आरोपमा एक जना पक्राउ

admin

काठमाडौं,६ चैत : महानगरीय प्रहरी अपराध महाशाखाले जग्गा बैना गरी ठगी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ललितपुर महानगरपालिका-३ घर भई काभ्रेको धुलीखेलमा बस्‍दै आएका ४९ वर्षीय ध्रुवप्रसाद घिमिरे रहेका छन् ।

घिमिरेलाई शुक्रबार साँझ ६:३० बजे दरवारमार्गबाट महाशाखाबाट खटिउको विशेष टोलीले पक्राउ गरेको हो । पक्राउ परेका उनलाई आवश्‍यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर टेकुमा पठाइएको छ ।

प्रतिक्रिया