मैत्रीपूर्ण खेलका लागि नेपाली फुटबल टोलीको बिदाई

admin

काठमाडौं,६ चैत : मैत्रीपूर्ण खेलका लागि थाइल्याण्ड जाने नेपाली राष्ट्रिय फुटबल टिमको बिदाइ गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार नेपाली टोलीलाई बिदाइ गरेको हो ।

नेपाली टोली सोमबार थाइल्याण्ड प्रस्थान गर्नेछन् , नेपालले थाइल्याण्डमा दुई मैत्रीपूर्ण खेल खेल्नेछ । नेपालले थाइल्याण्डसँग मार्च २४ मा खेल्नेछ । यस्तै नेपालले थाइल्याण्डको क्लब चोनबरी एफसीसँग पनि मैत्रीपूर्ण खेल खेल्नेछ । उक्त खेल मार्च २७ मा हुनेछ

। विदाई कार्यक्रममा टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले थाइल्याण्डविरुद्धको मैत्रीपूर्ण खेल नेपालका लागि महत्वपूर्ण हुने बताए । मैत्रीपूर्ण खेल फिफा वरीयता सुधार र एएफसी एसियन कप छनोटका लागि महत्वपूर्ण हुने उनको भनाई छ ।

एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको खेल अघि नेपालले थाइल्याण्डसँग खेल्न लागेको हो । छनोटमा नेपाल समूह ’ए’ मा रहेको छ । नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् । नेपालको समूहको छनोट खेलहरु कुवेतमा आयोजना हुनेछ ।

प्रतिक्रिया