राजेश महर्जन नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिमा मनोनीत

admin

काठमाडौं,७ चैत :   ललितपुर महानगरपालिकामा मेयर पदका प्रबल दाबेदार राजेश महर्जन नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिमा मनोनीत भएका छन्।

पार्टीको विधान १३ (६) अनुसार प्रदेश कार्यसमितिका सभापति इन्द्रबहादुर बाँनियाले महर्जन सहित १६ जनालाई आइतबार मनोनयन गरेका हुन्।

२०४६ सालको जनआन्दोलन देखि नै नेबि संघको राजनीतिबाट नेपाली काङ्रेसको विभिन्न तह तप्कामा रहेर कार्यभार सम्हाली सकेका राजेश महर्जन ललितपुर महानगरपालिका वडा न. ७ का स्थानीय बासिन्दा हुन्।

उनले नेपाली काङ्ग्रेसको ११औ महाधिवेशनबाट नगर सचिब र १२औ अधिबेशनबाट क्षेत्रीय सचिब साथै १३औं अधिबेशनबाट महानगर सभापतीको जिम्मेवारी सम्हालि सकेका छन् ।

पेशाले कानुनको व्यवसायी रहेका महर्जन समाजसेवामा पनि उतिकै सक्रिय रहँदै आएका छन्। २०७२ सालको भुकम्पदेखि कोरोना महामारीले गर्दा भएको लकडाउनमा जनताको घर-आँगनमा पुगेर सहयोग गर्दै समाजसेवामा लागिपरेका राजेश महर्जनले पछिल्लो कोभिड-१९ को समयमा पनि विभिन्न जिल्लामा समस्यामा परेका जनताहरुलाई सहयोग गर्दै आएका थिए।

प्रतिक्रिया