कोरियाले नेपालबाट चार हजार मौसमी कामदार लैजाने

admin

काठमाडौं,७ चैत : कोरियाका स्थानीय निकायले त्यहाँको कृषि तथा मत्स्यपालन क्षेत्रमा देखिएको श्रमिक अभावलाई कम गर्न नेपालबाट चार हजार मौसमी कामदार लैजाने भएका छन ।

कोरियाको कानून तथा न्याय मन्त्रालयले मौसमी कामदार लैजान २०२२ जनवरीदेखि लागू हुने गरी नयाँ नियम बनाएर नेपालबाट श्रमिक लैजान लागेको हो ।

नेपालबाट मौसमी कामदार लैजाने विषयमा सहजीकरण गर्दै आएको नेपाल कल्चार सेन्टर कोरियाले त्यहाँको कानून तथा न्याय मन्त्रालयले आयोजना गरेको सर्वपक्षीय बैठकमा सहभागी भई नेपालको बारेमा जानकारी गराएको छ । याे समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया