स्वागतको उन्नत लोकतन्त्रले जितेका पालिकामा बिजुली, पानी, शिक्षा र स्वास्थ निशुल्क गरिने(भिडियो)

admin

काठमाडौं,७ चैत : जनताका प्रत्यक्ष पिडामा सरोकार राखेर दिल्लीमा उदाएको अर्विन्द केजरीवालको पार्टीले जस्तै नेपालमा स्वगत नेपाल अध्यक्ष रहेको उन्नत लोकतन्त्र पार्टीले जनजिविकाका ससाना मुल्य मान्यतालाई चुनावी घोषणापत्रमा समावेश गर्ने भएको छ ।

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा स्थानीय निर्वाचनमा मिलिजुली देश लुट्ने ठुला भनिएका दलहरुलाई ठूलो धक्का लाग्ने समेत पार्टीका अध्यक्ष स्वागत नेपालले बताए ।

स्थानीय निर्वाचनमा उन्नत लोकतन्त्र पार्टीले कुनै पनि पालिकामा जितेको खण्डमा बिजुली, पानि, शिक्षा, स्वास्थ्य र रोजगार निशुल्क गरिने पार्टीका अध्यक्ष नेपालले बताए । उन्नत लाेकतन्त्र पार्टीले ७७ वटै जिल्लामा अब खुला किताब चुनाव चिन्ह प्राप्त गर्ने भएको छ।

यस्तो छ उन्नत लोकतन्त्र पार्टीको चुनावी घोषणापत्रको तयारी
१) सबै जनतालाई स्वास्थ्य उपचार निशुल्क गर्न।
२) सबै जनतालाई उच्चशिक्षा सम्म निशुल्क गर्न।
३) भ्रष्टाचारको अन्त्य गर्न।

४) ५ वर्षमा कृर्षी उत्पादनमा आत्मनिर्भर बनाउने।
५) राइट टु रिजेक्ट (गलत उमेरद्वारलाई जनताले बहिस्कार गर्न पाउने अधिकार ) लागु गर्ने ।
६) राइट टु रिकल ( जितेर पदमा पुगेर जनता र राष्ट्र विरूद्व काम गर्ने, घोषणा वा चुनावमा कबोल गरेको बाचा अनुसार काम नगर्ने जनप्रतिनीधिलाई फिर्ता बोलाउने) लागु गर्ने ।७) सांसदहरू मन्त्रि र प्रधानमन्त्री बन्न नपाउने।
८) जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था लागु गर्न।

हेर्नुहोस् भिडियो :

प्रतिक्रिया