कलात्मक ढंगले निर्वाचन सार्ने प्रयास भइरहेको केपी ओलीको आरोप

पिएनपि खबर

काठमाडौं, ७ चैत: नेकपा एमालेका अध्यक्ष केपी ओलीले स्थानीय निर्वाचनका लागि निर्वाचन आयोगले सार्वजनिक गरेको तालिका प्रति आपत्ती जनाउनुभएको छ ।

काठमाडौंमा सोमबार बसेको एमाले पोलिट्व्युरो बैठकलाई सम्बोधन गर्दै ओलीले उम्मेदवारी मनोनयनको समय दुई दिन तोक्ने र उम्मेदवारी दिन पदाधिकारीहरुले राजीनामा दिनुपर्ने लगाएतका आयोगको व्यवस्थाप्रति आपत्ती जनाउनुभएको हो । ओलीले केन्द्रमा र प्रदेशमा राजीनामा गर्नु नपर्ने तर, स्थानीय तहमा राजीनामा गर्नुपर्ने प्रावधान उचित नरहेको भन्दै आयोगको क्रियाकलाप एमालेविरुद्ध रहेको धारणा राख्नुभयो । उहाले स्थानीय तह निर्वाचनको तयारीका बिषयमा आयोगले गठबन्धन दलसंग मात्र परामर्श लिएको आरोप लगाउनुभयो ।

त्यस्तै उहाले अहिलेको अवस्थालाई मध्यनजर गर्दा कलात्मक ढंगले निर्वाचन सार्ने प्रयास भइरहेको टिप्पणी गर्नुभयो । अध्यक्ष ओलीले यसपालिको निर्वाचनमा मतपेटिकालाई आँखाबाट ओझेल गर्न दिन नहुने बताउनुभयो । उहाले एमालेको सांसदसम्बन्धी मुद्धालाई प्रभावित पार्नका लागि सत्ता गठबन्धनले प्रधानन्यायधिशमाथि महाभियोगको प्रस्ताव अघि सारेको उल्लेख गर्नुभयो ।

उहाले आफ्ना स्वार्थका लागि न्यायलयप्रति अनावश्यक टिप्पणी नगर्ने धारणा राख्नुभयो । त्यस्तै अध्यक्ष ओलीले आफ्नो पार्टी फुटाउन सभामुखले भूमिका खेलेको दोहोराउनुभयो ।

अध्यक्ष ओलीले अहिले देशभर एमाले प्रवेश गर्नेको लहर चलेको भन्दै एमाले प्रतिको भरोषा बढाउने काम गर्नुपर्ने बताउनुभयो ।

हेर्नुस भिडियो:

प्रतिक्रिया