काठमाडौं,७ चैत : सार्वजनिक स्थानमा हातपात गरी फरार रहेका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
यहि चैत्र ४ गते गते काठमाण्डौ महानगरपालिका वडा नं. २० कोहिटी बस्ने १८ वर्षका साजन लामा र अर्का एकजना नावालकलाई अभद्र व्यवहार (सार्वजनिक स्थानमा हातपात) गरेको आरोपमा काठमाण्डौ महानगरपालिका वडा नं. २१ लगनका ३० वर्षिय अनिज नेपाली,३० वर्षकै सुमन नेपाली र अर्का १६ वर्षिय एक किशोर रहेका छन् ।
होलीमा भएको विवादलाई पुनराबृत्ति गरी उनीहरुले सार्वजनिक स्थानमा हातपात गरेका थिए । घटनाका पीडितद्वयलाई प्रहरीले तत्कालै उद्दार गरी उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टरमा लगेको थियो ।
पक्राउ परेकाहरुमाथि मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद– ५ को देहाय ११८ अभद्र व्यवहार गर्न नहुने कसूरमा जिल्ला प्रशासन कार्यालय, काठमाण्डौबाट दिन–५को म्याद अनुमति लिई महानगरीय प्रहरी बृत्त जनसेवाबाट थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।