श्रीमतीको कुटाइबाट श्रीमान्‌को मृत्यु

admin

हेटौंडा, ८ चैत : हेटौंडा-३ जम्बोमा श्रीमतीको कुटाइबाट श्रीमान्‌को मृत्यु भएको छ। मंगलबार साँझ घरायसी विवादका क्रममा ४१ वर्षीय अनिता विकको कुटाइबाट उनका श्रीमान् ४३ वर्षीय मित्रलाल सुनारको मृत्यु भएको हो।

फाइल तस्बिर

मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालका अनुसार श्रीमतीको कुटाइबाट घाइते सुनारको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको छ।

श्रीमतीलाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिइसकेको जनाइएको छ। घटनाको आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया