पारस खड्का ‘दशकका पुरुष खेलाडी’ अवार्डबाट सम्मानित

admin

काठमाडौँ, ८ चैत : नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड–२०७७’ को दशक खेलाडी अवार्डबाट सम्मानित भएका छन् ।

नेपाल खेलकुद पत्रकार मञ्चले मंगलबार प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना गरेको भब्य कार्यक्रमबीच पारसलाई पुरुषतर्फ दशक खेलाडी अवार्ड प्रदान गरेको हो । अवार्डसँगै पारसले पल्सर मोटरसाइकल प्राप्त गरे

। त्यस्तै नेपाली महिला फुटबल खेलाडी सावित्रा भण्डारी दशक खेलाडी अवार्डबाट सम्मानित भएकी छन् । त्यस्तै नेपाली पुरुष फुटबल टिमले एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड अन्तर्गत टिम अफ द इयरको अवार्ड जितेको छ ।

अवार्ड अन्तर्गत स्वर्गीय शरद चन्द्र शाहलाई दशक अवार्डको अवसरमा लाइफ टाइम एचिभमेन्ट अर्थात गोल्डेन सेल्युट अवार्ड प्रदान गरेको छ । त्यस्तै क्रिकेट प्रशिक्षक जगत टमटाले दशक उत्कृट प्रशिक्षक २०७७ अवार्डको अवार्ड जितेका छन् । त्यस्तै पर्फमर अफ दि इयर’ बाट एथ्लेटिक्स खेलाडी पुष्पा भण्डारी सम्मानित भएकी छिन् ।

पिपल्स च्वाइस विधाको अवार्ड टेवल टेनिस खेलाडी एलिना महर्जनले जितेकी छिन् । पारा एथलिट अनरबाट सरिता थुलुङ्गबाट सम्मानित भइन् भने स्वास्थ्य नायकको रुपमा अजय राणा सम्मानित भएका छन् ।

 

प्रतिक्रिया