बालिकालाई अपहरण गरी जबरजस्ती करणी गर्ने काभ्रेका तामाङ पक्राउ

admin

काभ्रे, ९ चैत : १७ बर्षीय सुस्त मनस्थिती भएकी बालिकालाई अपहरण गरी जबरजस्ती करणी गर्ने काभ्रेका मंगले तामाङ पक्राउ परेका छन् ।

पाँचखाल नगरपालिका वडा नम्बर १ अनैकोटका ३३ बर्षीय मंगल कृष्ण भन्ने मंगले तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

बालिका २०७८ फागुन २३ गतेदेखि बेपत्ता भएको भन्दै आफन्तले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । प्रहरीले बालिकालाई ईलाम जिल्लाको पशुपतीनगर क्षेत्रबाट शकुशल उद्धार गरे हो ।

तामाङले बनेपाबाट छिमेकी राष्ट्र भारतको दार्जलिङ्गसम्म पुर्याएर शारिरिक तथा मानसिक रुपमा कमजोर सुस्त मनस्थितीकी बालिकालाई अपहरण गरी शरिर बन्धकमा लिई जबरजस्ती करणी गरेको प्रहरीको भनाई छ ।

तामाङलाई अपहरण वा शरिर बन्धक सम्बन्धी कसूर र करणी सम्बन्धी कसूर अपराध शिर्षकमा उपर थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

तामाङले आफुलाई गीत संगित क्षेत्रको कलाकार भएको परिचय दिँदै जडिबुटीमा बसेर बिभिन्न आयुर्वेदिक औषधीहरु बनाई बेच्ने बैद्ये समेत हुँ र बिभिन्न रोगहरुको निराकरण गर्न धामी झाक्रीँको कार्य संलग्न रहेको बताउने गरेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया