घरको कौसीबाट खसेर २ वर्षीया बालिकाको ज्यान गयो

admin

काठमाडौँ, ९ चैत : काठमाण्डौको चन्द्रागिरी नगरपालिका वडा नम्बर ८ मा घरको कौसीबाट खसेर दुई वर्षकी बालिकाको ज्यान गएको छ ।

गएराति ९ बजेतिर आफ्नै घरको तीन तलामाथिको कौसीबाट खसेर भुपाल श्रेष्ठकी दुई वर्षकी छोरी हेनिसा श्रेष्ठको ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रहरीकाअनुसार टाउको गम्भीर चोट लागेकी घाइते बालिकाको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा राति १० बजे ज्यान गएको हो

प्रतिक्रिया