समाजसेवाबाट राजनीतिमा पवित्राको लोभलाग्दो छलाङ

admin

काठमाडौँ, ९ चैत :  पवित्रा लामा समाजवेसीका रुपमा चिनिने चर्चित नाम हो । काभ्रे जिल्लाको चौरीदेउराली गाउँपालिकामा जन्मिएकी पवित्रा लामा राजनैतिक क्षेत्रमा पनि उदाउँदो नाम हो ।

उनी रेडियो देखी समाजसेवी हुँदै अहिले राजनीतिमा होमिएकी छन् । लामा १८ बर्षको उमेर देखि समाजसेवामा लागेकी हुन् । रेडियोमा बोल्नेक्रममा उनको भेट समाजसेबी बिनय जङ्ग बस्नेतसंग भयो । सञ्चारकर्मी समेत रहेका बस्नेतसंगको भेटले उनको जीवनले फरक मोड लियो ।

बस्नेतले लामालाई समाजसेवाको बाटो तर्फ डोराए, अबिभाबकत्व निभाउदै बिनयले उनलाई साथ दिए । रेडियोमा बोल्ने पवित्रा अब सडकमा फालिएका कुहिएका कोहि नभएका नितान्त बेबारिसे शवको व्यवस्थापनमा लागिन् ।

बिनय जङ्ग बस्नेतले उनलाइ हौसला सहितको साथ दिदै पवित्रा बेबारिसे लास जलाउनेदेखि बेबारिसे मान्छेहरुलाई उठाउदै कुरुवा समेत वस्ने काममा व्यस्त भइन् । उनलाई त्यो काममा समर्पित हुन सजिलो भने थिएन ।

एक त समाजमा छोरी मान्छेले दागवत्ती दिनु हुदैन भन्ने मान्यता छ ,त्यही पनि को हो को नचिनेका वेवारीशे शवलाई दागबत्ती दिदा उनलाई राम्रो गरिस् भनने कोही भएनन् । सबैले छि छि नै भने,अनि दुर दुर नै भए ।

उनी नहड्बडाई लागि परिरहिन् । विनाशकारी भूकम्प होस् या कोरोना महामारी, उनी हरेक तवरबाट समाजसेवामा लागिरहिन् । समाजसेवामा घृणा अपमान र आफ्नै जिन्दगीको पिडा बीच पनि उनी हिम्मत हारिनन सामाजिक काममा होमिनै रहेकिछिन् ।

उनी अहिले नेपाली राजनीतिमा पनि होमिएकी छन् । उनी अहिले नेपाली काँग्रेसको सक्रिय कार्यकर्ताको रुपमा देखिएका छिन् । उनलाई पार्टीले उचित स्थान दिनु पर्ने काभ्रेका जनताले माग गर्न थालेका छन् ।

उनीलाई गाउँपालिकोको अध्यक्ष अथवा उपाध्यक्षको टिकट दिन पार्टीका केन्द्रीय सभापति शेरबहादुर देउवा तथा काभ्रे जिल्ला सभापति तिर्थ लामालाई ज्ञापन पत्र बुझाउने तयारी रहेको समेत बुझिएको छ ।

प्रतिक्रिया