शिक्षा क्षेत्रमा निजी क्षेत्रले गरेको लगानीलाई सरकारले सुरक्षा गर्नेछ : मन्त्री पौडेल

admin

काठमाडौँ, ९ चैत : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षा क्षेत्रमा नीजि क्षेत्रले गरेको लगानीलाई सरकारले सुरक्षा गर्ने बताउनुभएको छ ।

बुधबार काठमाडौंमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन प्याव्सनको शिक्षा मन्दीर उद्घाटन गर्दै मन्त्री पौडेलले शिक्षा क्षेत्रको सुधारका लागि नीजि क्षेत्रलाई पनि समावेश गरे अघि बढ्ने र नीजि क्षेत्रको लगानीलाई सुरक्षा गर्ने बताउनुभएको हो ।

उहाले शिक्षा क्षेत्रको सुधारका लागि नीजि क्षेत्रले राखेका बिषयहरुलाई राज्य गम्भीर रहेको उल्लेख गर्नुभयो ।

मन्त्री पौडेलले शिक्षा प्रणाली सुधार गर्नु राज्यको एक्लो दायित्व नभएकाले त्यसका लागि निजी क्षेत्रको पनि उत्तिकै आवश्यकता रहने जिकिर गर्नुभयो ।

बिद्यार्थीहरुबाट कम शुल्क लिएर गुणस्तरीय शिक्षा दिन उहाले ध्यानाकर्षण गराउनुभयो । उहाले शिक्षा ऐनलाई समयसापेक्ष संशोधन गर्दै अघि बढिने जानकारी दिनुभयो ।

प्रतिक्रिया