निर्वाचनमा गठबन्धन आवश्यक : नेता गच्छदार

admin

मोरङ, ९ चैत : नेपाली कांग्रेसका केन्द्रीय सदस्य विजयकुमार गच्छदारले सरकारमा सहभागी दलबीच निर्वाचनमा गठबन्धन आवश्यक रहेको बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले गठबन्धनका कारण मुलुकमा राजनीतिक स्थायित्व, लोकतन्त्र र संविधानलाई सही दिशामा ल्याउन सफल भएको प्रष्ट पार्नुभयो ।

पूर्वउपप्रधानमन्त्री गच्छदारले गठबन्धन सरकार बनाउन मात्र गरिएको होइन भन्दै यसका कारण संविधान र नागरिकले पाएको राजनीतिक उपलब्धि खोसिनबाट जोगाउन सफल भएको धारणा राख्नुभयो ।

उहाँले वर्तमान गठबन्धन स्थानीय तहका साथै प्रदेश र संसद्को निर्वाचनसम्म जानुपर्ने धारणा राख्नुभययो । पार्टीका पूर्वउपसभापति गच्छदारले गठबन्धनको कारण कांग्रेसको नेतृत्वमा वर्तमान सरकार निर्माण भएको चर्चा गर्दै गठबन्धनबाट धेरै स्थानीय तहले नयाँ नेतृत्व पाउने दाबी गर्नुभयो ।

प्रतिक्रिया