एमाले केन्द्रीय कमिटीको बैठक आज पनि बस्दै

admin

काठमाडौँ, १० चैत : नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आजपनि बस्दै छ । बुधबारदेखि जारी रहेको बैठकमा आज अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलको प्रतिवेदनमापिथ छलफल हुने एमालेले जनाएको छ ।

बुधबार पेश भएको अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक र महासचिव शंकर पोखरेलको सांगठानिक प्रतिवेदनमाथि आज केन्द्रीय कमिटी बैठकमा छलफल हुँदैछ।

बबरमहलस्थित कार्की ब्याङ्केटमा जारी बैठकमा स्थानीय तहको निर्वाचन लक्षित अन्तक्रिया भइरहेका छन् । त्यस्तै ओलीले पेश गरेको राजनीतिक प्रतिवेदनमा पनि स्थानीय तह निर्वाचन केन्द्रीत नै रहेको छ ।

अध्यक्ष ओलीले स्थानीय तहको निर्वाचनलाई जनमतसंग्रहका रूपमा हेरिएको उल्लेख गरेका छन् । आसन्न निर्वाचनलाई जनादेश र परमादेशबीचको जनमतसंग्रह भएको बताउदै आएका छन् ।

एमालेलाई सातै प्रदेशका अध्यक्षहरुले रिपोटिङ गरिसकेको र पार्टी विभाजनले त्यति असर नपरेको निष्कर्ष निकालेका छन् । यही केन्द्रीय कमिटी बैठकले स्थानीय तहको निर्वाचनमा जान निर्वाचन घोषणापत्र, उम्मेदवार चयन मापदण्ड लगायतका ११ कार्यसूची तोकिएको छ ।

जसमा राजनीतिक प्रतिवेदन, विभागहरूको गठन, स्थानीय निर्वाचनको मापदण्ड र सिफारिस प्रक्रिया, घोषणापत्र तयारी
पार्टीको वार्षिक क्यालेन्डरको तयारी, पार्टी स्थापना दिवस, निर्वाचनमा केन्द्रीय नेतृत्वको भूमिका, सचिवालयको बैठकका निर्णयहरुको अनुमोदन, लेखा तथा आर्थिक व्यवस्थापन विनियम र विविध रहेका छन् ।

प्रतिक्रिया