सिराहाको मिर्चैयामा खुल्यो सानिमा बैंकको नयाँ शाखा

admin

काठमाडौँ, १० चैत : सानिमा बैंक लिमिटेडले सिराहाको मिर्चैयामा बैंक शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ।

उक्त शाखा कार्यालयको समुद्घाटन बुधबार ब्रान्ड प्रवर्द्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) र सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेज्यूले संयुक्त रुपमा गरेका हुन्।

उद्घाटन समारोहमा मह जोडीले सिराहाको मिर्चैयामा सानिमा बैंकको शाखा संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बंैकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरे।

त्यसैगरी सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेज्यूद्वारा बैंकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे। सानिमा बैंकको देशका सातै प्रदेशमा १२५ कार्यालय र ११४ वटा एटीएम संचालनमा रहेका छन्।

प्रतिक्रिया