प्रदीप ज्ञवालीद्वारा लिखित पुस्तक ‘दिशाबोध’ लाेकार्पण

पिएनपि खबर

काठमाडौं, १० चैत; नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समाजवादको गन्तव्यलाई एमालेले मात्र अघि बढाउन सक्ने बताउनुभएको छ ।

बिहीबार काठमाडौंमा एमाले उपमहासचिव प्रदीप ज्ञवालीद्वारा लिखित पुस्तक ‘दिशाबोध’को विमोचनका साथै पार्टी प्रवेश कार्यक्रममा बोल्दै ओलीले समृद्ध नेपाल, सुखी नेपालीको गन्तव्य नै समाजवादको गन्तव्य भएको भन्दै यसलाई एमालेले मात्र अघि बढाउन सक्ने बताउनुभएको हो । त्यस्तै उहाँले समाजवादको गन्तव्यमा पुग्न एमालेले आवश्यक नीति बनाउने धारणा राख्नुभयो । कसैप्रतिको द्वेष र कसैप्रतिको आग्रहले कुनै राजनीतिक नीति नबनाउने उहाको भनाई छ ।

कार्यक्रममा ओलीले नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराका स्वकीय सचिव प्रमोद शर्मा लगाएतलाई एमाले प्रवेश गराउनुभएको थियो ।

प्रतिक्रिया