ललितपुर पाटन दरबार संग्रहालयमा अर्गानिक कृषि मेलाको आयोजना हुने

admin

काठमाडौं, १० चैत:  ललितपुरको पाटन दरबार संग्राहलयमा चार दिने पाँचौ प्राङ्गारिक कृषि मेलाको आयोजना गरिने भएको छ ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अर्गानिक कृषि मेला अर्गानिक एशोसिएशन अफ नेपाल र कञ्चनजंगा टि–इस्टेट एण्ड रिसर्च सेन्टरको संयुक्त आयोजनामा २०७९ साल बैशाख १ गतेदेखि ४ गतेसम्म हुने जानकारी दिइएको हो ।

जल, जंगल, जमिन र जीवनलाई सुरक्षित राखी समाजलाई स्वास्थ्य राख्नको लागि उत्पादनदेखि नै ध्यान दिन आवश्यक भएकोले सबै प्रकारका कृषि उत्पादनहरु जैविक र वैदिक हुनुपर्ने र जसको उपभोगबाट मानिस निरोगी हुन सकोस् भन्ने मेलाको उद्देश्य रहेको आयोजकले जनाएको छ ।

पत्रकार सम्मेलनमा अर्गानिक एशोसिएसनका महासचिव तथा मेला संयोजक शान्ता बाँस्कोटा कोइरालाले मेलामा ५० भन्दा बढी स्टल राख्ने र ३० लाख खर्च अनुमान रहेको बताउँदै १ करोडको कारोबार हुने अपेक्षा संस्थाले राखेको जानकारी दिनुभयो ।

चार दिनसम्म चल्ने मेलामा नेपाल सरकार उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयअन्तर्गत व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहयोग रहने संस्थाले जनाएको छ ।

प्रतिक्रिया