निर्वाचनको घोषणापत्र मस्यौदा गर्न एमालेले बनायो कार्यदल

admin

काठमाडौँ, १० चैत : नेकपा एमालेले स्थानीय तह निर्वाचनका लागि पार्टीको केन्द्रीय घोषणापत्र मस्यौदा गर्न कार्यदल गठन गरेको छ ।

बिहीबार काठमाडौंमा सम्पन्न एमाले केन्द्रीय कमिटी बैठकले वरिष्ठ उपाध्यक्ष तथा नीति अनुसन्धान प्रतिष्ठानका प्रमुख ईश्वर पोखरेलको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरेको हो । कार्यदलले चैत मसान्तभित्र घोषणापत्रको मस्यौदा केन्द्रीय सचिवालय समक्ष बुझाउने छ ।

त्यस्तै घोषणापत्र वैशाख ९ गते पार्टी स्थापना दिवसको अवसरमा सार्वजनिक गर्ने र सोही दिन ७५३ वटै पालिकामा प्रतिबद्धतापत्र सार्वजनिक गर्ने निर्णय गरेको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो ।

त्यसअघि घोषणापत्रको तयारीका लागि अध्यक्ष ओलीले चैत १६ गते ७६३ वटै पालिकाका कमिटीका प्रतिनिधिहरूसँग केन्द्रीय कार्यालयबाट भर्चुअल संवाद गर्ने तय एको उहाले बताउनुभयो ।

त्यस्तै बैठकले आगामी स्थानीय तहको निर्वाचनका लागि चैत मसान्तचित्र उम्मेदवारहरु सिफारिस गर्न निर्देशन दिएको छ ।

एमालेले उम्मेद्वार चयनका लागि ६ वटा मापदण्ड पारित गरेको रिजालले बताउनुभयो । आगामी निर्वाचनका लागि कार्यक्रम गर्दा बढीमा ५ जनामात्र अतिथि राख्ने र ५ जनासम्मको मात्र भाषण राखिने पनि तय भएको उहाले जानकारी दिनुभयो ।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले उच्च मनोबलका साथ चुनावी मैदानमा उत्रिन केन्द्रिय सदस्यहरुलाई निर्देशन दिनुभएको थियो ।

गठबन्धनको भयबाट मुक्त भए चुनावमा जान ओलीले निर्देशन दिनुभएको प्रचार विभाग उपप्रमुख रिजालले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया