नेपाल स्वास्थ्य प्राविधिक संघको दशौ महाधिवेशनबाट श्रेष्ठको नेतृत्वमा ७५ सदस्यीय समिती गठन

admin

काठमाडौं, १० चैत्र : नेपाल स्वास्थ्य प्राविधिक संघको २६ बुंदे घोषणा पत्र जारी गर्दै दशौ महाधिवेशन सम्पन्न गरेको छ ।

आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै संघले गत चैत्र ७ र ८ गते सम्पन्न भएको महाधिवेशनले बसन्त श्रेष्ठको नेतृत्वमा ७५ सदस्यीय समिति गठन गरेको जानकारी दिएको हो ।

संघको महाधिवेशनले स्वास्थ्यकर्मीको नियुक्ती, पदस्थापन र बढुवा पारर्दशी र निष्पक्ष बनाउन र सरुवा प्रक्रियालाई चक्रिय प्रणालीमा आधारीत बनाउन प्रस्ताव गरेको छ। विभिन्न समयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विभिन्न ट्रेड युनियन बिच भएको सम्झौता र सहमतिहरु अक्षरंस पालना गर्न पनि सरकारसँग संघले आग्रह गरेको छ ।

त्यस्तै, संघले हाल विद्यमान संगठन संरचना र दरबन्दीलाई वैज्ञानिक र यथार्थपरक बनाउन संगठन तथा ब्यबस्थान सर्वे गरी समस्या समाधानको लागि पहल गर्न र संघ, प्रदेश र स्थानीय तहमा तह अनुसारको पद श्रृजना गरी पदस्थापना गर्न समेत माग गरेको छ ।

पत्रकार सम्मेलनमा बोल्दै दशौ महाधिवेशनबाट अध्यक्ष बनेका बसन्त कुमार श्रेष्ठले नेपाल स्वास्थ्य प्राविधिक संघको जन्म संघर्षमय भएको सुनाए । उनले नेपालमा चिकित्सक बाहेक अरु कसैले औषधी लेख्न नपाउने भन्ने सरकारको निर्णयविरुद्ध आफ्नो संस्थाको स्थापना भएको जिकिर गरे । पञ्चायत व्यवस्थामा पनि आफ्ना अंग्रजहरुले महत्वपुर्ण भुमिका खेलको स्मरण गर्दै धन्यवाद व्यक्त गरे ।

उनले गत चैत्र ७ र ८ गते संघले दशौं अधिवेशन सम्पन्न गर्दै आफ्नो नेतृत्वमा ७५ जनाको सदस्यीय गठन भएको समेत जानकारी दिए ।

महाधिवेशनले जारी गरेको २६ बुंदे घोषणा पत्र पढेर सुनाएका थिए । अध्यक्ष श्रेष्ठले निजि अस्पताल, नर्सिङ्ग होम, निजि स्वास्थ्य किल्नीकहरुमा कार्यरत स्वास्थ्यकर्मीहरुको श्रम शोषण भै रहेको उल्लेख गर्दै उनीहरुको योग्यता अनुसार सेवा सुविधा उपलब्ध गराउन समेत माग गरे ।

सुत्केरी स्वास्थ्यकर्मीलाई बच्चाको स्तनपान र उचित स्याहार तथा पालन पोषणको लागि कम्तीमा ६ महिना सुत्केरी विदा पाउने ब्यबस्था गर्न महाधिवेशनबाट जारी भएको घोषणा पत्रमा उल्लेख गरिएको पनि जानकारी दिए ।

स्वास्थ्य तथा स्वास्थ्यसँग सम्बन्धी नीति निर्माण कार्यमा संघको अनिबार्य सहभागिताको लागि जोड दिँदै उनले नीति निर्माण कार्यमा नीजि क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीहरु सहभागिता हुनुपर्ने बताए ।

कार्यक्रम सञ्चालक गर्दै संघका महासचिव श्यामकुमार ओलीले डाक्टरले बाहेक औषधी अरुले लेख्न नपाउने व्यवस्थाविरुद्ध संघको स्थापना भएको बताए । २०३६ सालमा स्थापना भएदेखि अहिलेसम्म निरन्तररुपमा क्रियाशिल रहेको समेत स्पष्ट पारे । दशौं महाधिवेशनबाट पारित गरिएको २६ बुंदे घोषणापत्र सार्वजनिक गर्न आजको कार्यक्रमको आयोजना गरेको उनको भनाई थियो ।

स्वास्थ्य प्राबिधिक शिक्षाको गुणस्तरियता कायम राख्नको लागी सम्बन्धित परिषदलाई सम्बन्धित क्याम्पसको स्विकृति तथा रद्ध गर्ने अधिकार प्रदान गर्ने ब्यबस्था मिलाउन माग गर्ने समेत महाधिवेशनले प्रस्ताव गरेको सुनाए ।

प्रतिक्रिया