कांग्रेस घोषणापत्र तयारी समितिको संयोजकमा गगन थापा

admin

काठमाडौँ, १० चैत :  नेपाली कांग्रेसको स्थानीय तह निर्वाचन घोषणापत्र तयारी समिति संयोजकमा महामन्त्री गगन थापा मनोनीत भएका छन्। पार्टी सभापति शेरबहादुर देउवाले थापालाई संयोजक मनोनयन गरेका हुन्।

केन्द्रीय कार्यसम्पादन समितिको फागुन ३ गतेको निर्णय अनुसार थापालाई संयोजक चयन गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

 

प्रतिक्रिया