आजको मौसम: हावाहुरी चल्ने

admin

काठमाडौँ, ११ चैत :  आज पनि हिजोको जस्तै हावाहुरी चल्ने सम्भावना भएकाले सचेत रहन मौसमविद्को आग्रह छ ।

स्थानीय वायुसँगै माथिल्लो वायुमण्डलमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेकाले हावाहुरी चलेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो ।

उहाँकाअनुसार आज पनि बेलुकीपख काठमाण्डौसहित पहाडी क्षेत्रमा हावाहुरी, मेघगर्जन र चट्याङ्गसहित हल्का पानी पर्ने सम्भावना छ ।

आज प्रदेश-१, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने मौसमविद् प्रधानाङ्गले बताउनुभयो ।

हावाहुरी र मेघगर्जन हुने बेलुकीको सयममा सकेसम्म हिँडडुल नगर्न र खेतबारीको काम नगर्न मौसमविद्को सुझाव छ ।

भोलिको मौसम पनि यस्तै रहने अनुमान छ । प्रि-मनसुनमा स्थानीय वायुको प्रभावकै कारण छोटो समयमा नै मौसम बद्ली भइ हावाहुरी चल्ने, चट्याङ्ग पर्ने र असिना पानी पर्ने हुन्छ । अहिले भने देशका धेरै ठाउँमा घाम लागेको छ।

प्रतिक्रिया