चिनियाँ विदेशमन्त्री वाङ यी काठमाडौंमा

admin

काठमाडौँ, ११ चैत : चिनियाँ विदेशमन्त्री वाङ यी १९ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै तीनदिने भ्रमणका लागि नेपाल आउनुभएको छ ।

शुक्रबार अपरान्ह विदेशमन्त्री वाङ यीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव भरतराज पौड्याल, नेपालका लागि चिनियाँ राजदूत हउ यान्छी लगाएतले स्वागत गर्नुभएको थियो ।

भ्रमणका क्रममा चीनका विदेशमन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्रीद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल‘प्रचण्ड’लाई भेट्ने कार्यक्रम छ । त्यस्तै नेपाल र चीनका परराष्ट्रमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलबीच शनिबार द्विपक्षीय वार्ता हुनेछ ।

त्यसअघि शनिबार बिहान विदेशमन्त्री वाङ यीले समकक्षी डा.नारायण खड्कासँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

त्यस्तै उहाँ शनिबार बिहान शिवपुरीमा हाइकिङ जाने कार्यक्रम छ । विदेशमन्त्री वाङ यी आइतबार चीन फर्कने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया