आगामी निर्वाचनमा विचार मिल्नेहरूसँग गठबन्धन गर्छाैं : माधव नेपाल

admin

काठमाडौँ, ११ चैत :  नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनमा विचार मिल्नेहरुसँग गठबन्धन गरेर जाने बताउनुभएको छ ।

शुक्रबार काठमाडौंमा पार्टी निकट महिला भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफ्नो पार्टीले निर्वाचनको तयारीलाई तीव्रता दिएको भन्दै विचार मिल्नेहरुसँग गठबन्धन गरेर जाने बताउनुभएको हो ।

उहाले कांग्रेसका केही नेताहरु गठबन्धनको बिपक्षमा र प्रधानमन्त्री शेर बहादुर देउवा गठबन्धनको पक्षमा रहेकाले कांग्रेसको औपचारिक निर्णय पर्खिरहेको धारणा पनि राख्नुभयो ।

गठबन्धन नभए एक्लै चुनाव लड्ने तयारी रहेको भन्दै अध्यक्ष नेपालले केहि व्यक्तिहरु अहिले पनि गठबन्धन तोड्न लागिरहेको आरोप लगाउनुभयो ।

अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी ओलीले राप्रपासँग साँठगाँठ गर्न खोजिरहेको र त्यसका लागि सुटुक्क ज्ञानेन्द्रको निवासमा पुग्ने गरेको बताउनुभयो । दक्षिणपन्थी शक्तिहरु दक्षिणपन्थीसँग मिल्न खोज्ने भएपनि आफुहरु लोकतान्त्रिक र वामपन्थी शक्तिसँग मिलेर अघि बढ्ने उहाले बताउनुभयो ।

अध्यक्ष नेपालले ६ महिनाभित्रै आफ्नो पार्टी विस्तार भएका कारण वैरीहरु आतिएर मानसिक सन्तुलन गुमाउन थालेको टिप्पणी गर्नुभयो ।

उहाले मुलुकभर नै आफ्नो पार्टीमा प्रवेश गर्नेको महाभियान नै चलेको दावी गर्नुभयो । त्यस्तै अध्यक्ष नेपालले यसअघि एमालेले ल्याएको लोकप्रीय कार्यक्रममा आफ्नो सहभागीता भएको धारणा पनि राख्नुभयो ।

 

प्रतिक्रिया