तीन वर्षपछि तेक्वान्दोको राष्ट्रिय च्याम्पियनसिप हुँदै

admin

काठमाडौँ, ११ चैत : नेपाल तेक्वान्दो संघले चैत १८ र १९ गते १७ औं राष्ट्रिय तेक्वान्दो प्रतियोगिता आयोजना गर्ने भएको छ ।

तेक्वान्दो संघले शुक्रबार ललितपुरमा पत्रकार सम्मेलनमार्फत प्रतियोगिताबारे जानकारी गराएको हो । अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि खेलाडी छनोटका लागि समेत यो प्रतियोगिता आयोजना गर्न लागिएको संघले जनाएको छ ।

२६ स्वर्ण, २६ रजत र ५२ कास्य पदकका लागि ७ प्रदेश र तीन विभागीय टिमका खेलाडीहरुले सिनियर र जुनियरतर्फ प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा करिब ३ सय खेलाडीको सहभागिता रहने संघका उपाध्यक्ष एवं आयोजक समिति अध्यक्ष भान बहादुर चन्दले जानकारी दिनुभयो ।

प्रतियोगितामा सिनियर तथा जुनियर गरि २६ वटा वजन समूहमा प्रतिष्पर्धा हुने उहाले बताउनुभयो । प्रतियोगिता आयोजनाका लागि करिब ३६ लाख रुपैया खर्च हुने संघले जनाएको छ ।

प्रतिक्रिया