गायक तथा संगीतकार डिबी बराईलीको एकल साँझ अमेरिकामा

admin

काठमाडौँ : अमेरिका पुगेपछि पनि गायक तथा संगीतकार डिबी बराईली नेपाली गीत संगीत र साहित्यमा उत्तिकै सक्रियता देखाइरहेका छन् ।

अमेरिकाको व्यस्त दैनिकीमा पनि गायक तथा संगीतकार बराइली गीत संगीतका गतिबिधिमा निरन्तर लागिपरिरहेका छन् । यसैबिच द जर्नी नामक गिती एल्बम बजारमा ल्याएका डिबी बराईलीले ओहाएको कोलम्बस शहरमा एकल साँझ सम्पन्न गरे ।

सो अवसरमा गायक बराइलीले आफ्नो गिती एल्बमको लोर्कापण पनि गरेका हुन् । ठूलो संख्यामा उपस्थित भएका संगीतकर्मीहरुको माझमा गायक बराइलले लोकापर्ण गरेको गिती एल्बम द जर्नीमा ८ वटा गीत समावेश छन् । जसको भिडियोको निर्माणको काम पनि भइरहेको सो अवसरमा जानकारी गराइयो ।

पाश्व गायनका लागि उत्कृष्ट लाग्ने उनको स्वरलाई दर्शकहरुले खुलेरै प्रशंसा गरे । न्याउली होम केयर एलएलसीको प्रयोजनमा सम्पन्न कार्यक्रमबाट राम्रो प्रतिक्रिया पाएको गायक तथा संगीतकार बराइलीले बताए । भुटनिज अमेरिकन म्यूजिक एसोसियसनको सह प्रायोजनमा सम्पन्न भएको कार्यक्रममा ठूलो संख्यामा नेपाली भाषी संगीतप्रेमीको उपस्थिती रहेको थियो ।

हाल अमेरिकाको टेक्सासमा बज्दै आएका गायक बराइलीको बहुचर्चित बलिउड गायक उदीत नारायण झासँग मिल्दो जुल्दो स्वर भन्दै कैयौँले उनको गायनको तारिफ गर्ने गरेका छन् ।

सो अवसरमा बरिष्ठ तबलाबादक प्रमोद उपाध्याय, किबोडिस्ट गणेश गजमेर, बरिष्ठ बाँसुरीबाधक राम सिंह लगायतका बाध्यबादकहरुको उपस्थिती रहेको थियो । गायक तथा संगीतकार बराईलीले आगामी दिनमा पनि एकल साँझ कार्यक्रमलाई निरन्तरता दिने बताए ।

प्रतिक्रिया