कस्तो रहला आज देशभरको मौसम ?

admin

काठमाडौँ, १२ चैत : मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका केही स्थानमा हावाहुरीसहित हल्का वर्षाको सम्भावना छ।

शनिवार दिउँसो प्रदेश १ र बागमती प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही रही एक/दुई स्थानमा हावाहुरी, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद् वरूण पौडेलले जानकारी दिए। बाँकी भू-भागमा भने मौसम सामान्यतः सफा रहने छ।

राति प्रदेश १ र बागमती प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहने छ। अन्य प्रदेशमा मौसम सामान्यतः सफा रहने महाशाखाले जनाएको छ। शनिवार बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १४ डिग्री सेल्सियस मापन भएको महाशाखाले जनाएको छ।

प्रतिक्रिया