उपलब्धि रक्षाका लागि अहिलेको गठबन्धन : शिक्षामन्त्री पौडेल

admin

गलकोट, १२ चैत: शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विगतमा भएका उपलब्धि रक्षाका लागि अहिलेको पाँच दलीय गठबन्धन भएको बताउनुभएको छ । उहाँले उपलब्धि गुम्ने खतरामुक्त गर्न गठबन्धन गरेको बताउनुभयो ।

नेकपा माओवादी केन्द्र बरेङ गाउँपालिकाले आज आयोजना गरेको वैचारिक एवम् राजनीतिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले हिजोका दिनमा भएका लोकतन्त्रसहितको गणतन्त्र लगायतको उपलब्धिहरु रक्षाका लागि गठबन्धनको आवश्यक रहेको बताउनुभयो ।

“माओवादीको योगदानमा देशमा समानुपातिक प्रतिनिधित्वलगायत थुप्रै उपलब्धि भए, उपलब्धिहरु गुम्ने खतरा आएपछि गठबन्धनको आवश्यक भयो,” मन्त्री पौडेलले भन्नुभयो ।

उहाँले नेपालको पृष्ठभूमिको आन्दोलन जनयुद्ध भएको भन्दै यो कुनै पार्टी केन्द्रित नभएर जनता केन्द्रित भएको बताउँदै के पाइयोभन्दा पनि परिवर्तनका लागि अझै लागिरहन आम माओवादी नेता कार्यकर्तालाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया