छाउनीमा भूकम्प स्मृति पार्क

admin

काठमाडौँ, १२ चैत :  काठमाडौं क्षेत्र न. ८ स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्र्तगत काठमाडौको छाउनीमा भूकम्प स्मृति पार्क निर्माण भएको छ ।

काठमाडौं महानगरपालिका वडा न.१५ स्थित छाउनीमा निर्माण गरिएको पार्क र २०७२ सालको भुकम्पमा परी मृत्यु हुनेहरूको सम्झनामा निर्माण भएको भूकम्प स्मृति स्तम्भको प्रतिनिधि सभा सदस्य जीवनराम श्रेष्ठले उद्घाटन गर्नुभयो ।

भुकम्प लगायतका प्रकृतिक प्रकोपको समयमा समुदायको लागि खुल्ला पार्कको आवश्यकतालाइ मनन गर्दै पार्क निर्माण गरिएको श्रेष्ठले बताउनुभयो ।

उहाले प्राकृतिक प्रकोपबाट बच्न खुल्ला स्थानको आवश्यकता रहेको पनि धारणा राख्नुभयो । उहाले संस्कृति र सम्पदालाई संरक्षण गर्दै पर्यटन क्षेत्रलाई बिकास गर्न सकिने बताउनुभयो ।

प्रतिक्रिया