कांग्रेस, एमाले र माओवादीले चुनाव जित्दैमा देश बन्दैन : अध्यक्ष लिङ्देन

admin

काठमाडौँ, १२ चैत :  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस, एमाले र माओवादीले निर्वाचन जितेपनि मुलुक बन्न नसक्ने बताउनुभएको छ ।

शनिबार काठमाडौंमा आयोजित राप्रपा कार्यकर्ता भेलामा बोल्दै लिङ्देनले ठूला पार्टीले देशलाई बेरोजगार उत्पादन गर्ने कारखानामा परिणत गरेको र मुलुकका लागि केहि गर्न नसकेको भन्दै अव पनि उनीहरुले निर्वाचन जिते मुलुक बन्न नसक्ने बताउनुभएको हो ।

उहाले असफल भएका दललाई भोट दिएर बिजयी गराए मुलुक नै असफलतातर्फ जाने तर्क गर्नुभयो । उहाले तीनै तहको निर्वाचनमा सोचेर भोट दिन आग्रह गर्नुभयो ।

उहाले आफ्नो पार्टीले ५ वर्षमात्रै देशको नेतृत्व पाए मुलुकको मुहार फेर्ने दावी गर्नुभयो । उहाले जनताले पनि निर्वाचनलाई मुलुकको हितका लागि प्रयोग गर्नुपर्ने धारणा राख्नुभयो ।

प्रतिक्रिया