एमालेसँग कुनै पनि दलले प्रतिस्पर्धा गर्न सक्दैन : ओली

admin

काठमाडौँ, १२ चैत : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अवको निर्वाचनमा कुनैपनि दलले एमालेसंग प्रतिष्पर्धा गर्न नसक्ने बताउनुभएको छ ।

शनिबार काठमाडौंमा एमाले निकट मुस्लिम संगठन इतेहादको महाधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले एमालेविरुद्ध सत्तारुढ गठबन्धनमा रहेका दलहरुमात्र नभई निर्वाचन आयोगमा दर्ता भएका सबै दल मिलेर आए पनि एमालेसँग प्रतिस्पर्धा गर्न नसक्ने बताउनुभएको हो ।

अहिले एमालेसंग लडेर सकिदैन भनेर प्रधानमन्त्री देउवाले मात्र बुझेको तर्क गर्नुभयो । उहाले कांग्रेससँग चुनाव जित्‍नका लागि कुनै एजेण्डा नभएकाले एमाले नेतृत्वको सरकारको भण्डाफोर गर्ने अभियान चलाउन थालेको आरोप पनि लगाउनुभयो ।

त्यस्तै ओलीले प्रचण्डलाई सपार्न आफूले अनेकौं प्रयास गरेको तर्क गर्नुभयो ।उहाले आगामी निर्वाचनमा अस्वस्थ प्रतिस्पर्धा नगर्न ओलीले निर्देशन पनि दिनुभयो ।

 

प्रतिक्रिया