गठबन्धनलाई चुनावसम्म बचाउनु अहिलेको आवश्यकता : प्रधानमन्त्री देउवा

admin

काठमाडौँ, १२ चैत :  प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई बलियो बनाउनका लागि निर्वाचनमा गठबन्धनको आवश्यकता रहेको बताउनुभएको छ ।

शनिबार काठमाडौंमा बीपी स्मृति सामुदायिक सहकारी अस्प्तालको १४ औं बार्षिक साधारसभा उद्घाटन गर्दै देउवाले पार्टीभित्र सवै नेताले जितोस् र पार्टीलाई बलियो बनाउनका लागि नै गठबन्धनको आवश्यकता रहेको बताउनुभएको हो ।

उहाले आफ्नो कतव्र्य भनेको नै पार्टीलाइ जिताउनु भएको जिकिर गर्नुभयो । उहाले गठबन्धनको कुरा गरेर आफुले केहि नविगारेको र पार्टीको हितका लागि नै काम गरेको दावी गर्नुभयो । अहिले पनि नेकपा एमाले बलियो नै रहेको र कांग्रेसले गठबन्धन नगरे एमाले र माओवादी मिल्ने सम्भावना रहेको देउवाले बताउनुभयो ।

बीपी र सुवर्णसमशेर देखि नै पार्टी भित्र गुट रहेको भन्दै उहाले तत्काल पार्टीको गुट अन्त्य हुन नसक्ने तर्क गर्नुभयो । त्यस्तै उहाले संसद बिघटन गर्दा नै आफु चूनावको पक्षमा रहेपनि संसद पुर्नस्थापनापछि सवैको सहयोगमा प्रधानमन्त्री बन्नु गलत नभएको बताउनुभयो ।

उहाले पार्टीलाई कमजोर बनाउन नहुने सुझावलाई सकारात्मक रुपमा लिएको उल्लेख गर्नुभयो । प्रधानमन्त्री देउवाले मुलुकको व्यापार घाटा आफ्नो कारणले नभएको र एमसीसीका कारण व्यापार घाटा कम हुने दावी गर्नुभयो ।

कार्यक्रममा कांग्रेस नेता शेखर कोईरालाले कांग्रेसको आफ्नै बिचार र सिद्धान्तले निर्वाचनमा जानुपर्ने बताउनुभयो । गठबन्धनका कारण कांग्रेसको अवस्थामा भारतीय कांग्रेसकै जस्तो हुन्छ की भन्ने आशंका पैदा भएको उहाको भनाइ छ । कार्यक्रममा कांग्रेसका अन्य नेताहरुले पार्टीभित्रको गुटउपगुट अन्त्य गर्दै पार्टीलाई बलियो बनाउनुपर्ने धारणा राखेका थिए ।

प्रतिक्रिया