श्रीमतीलाई आगो लगाइ घाइते बनाउने एक जना पक्राउ

admin

काठमाडौँ, १२ चैत : काठमाडौंमा श्रीमतीलाई आगो लगाइ घाइते बनाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिरहा लहान नगरपालिका-७ घर भएका ४२ वर्षीय प्रवीण चौधरी रहेका छन् । शुक्रबार राति प्रहरीले उनलाई महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । उनी बूढानीलकण्ठ नगरपालिका-१० कपन डेरा गरी बस्दै आएका थिए ।

चौधरीले सुतिरहेको अवस्थामा ३० वर्षीया श्रीमतीको शरीरमा तारपिन तेल खनाइ आगो लगाइ घाइते बनाए प्रहरीको भनाइ छ । घटनाका सम्बन्धमा महानगरीय प्रहरी वृत्त बौद्धबाट थप अनुसन्धान भइरहेको बताइएको छ ।

प्रतिक्रिया