माधव नेपालकाे दाबी : सबै प्रदेशमा एमाले कमजोर

admin

काठमाडौँ, १३ चैत :  नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकका सवै प्रदेशमा एमाले कमजोर हुँदै गएको दावी गर्नुभएको छ ।

आइतबार काठमाडौंमा मुस्लिम इत्तेहाद संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सुदूरपश्चिममा आफ्नो पार्टी पहिलो नंवरमा रहेको र एमाले भुईमा पछारिएको समेत बताउनुभभयो । उहाले सुदूरपश्चित सहित मधेस प्रदेश र कर्णाली प्रदेशमा एमालेभन्दा अगाडि रहेको धारणा राख्नुभयो ।

उहाले एकीकृत समाजवादी सुशासनको पक्षमा रहेको र आगामी निर्वाचनमा जनताले विश्वास गर्ने बताउनुभयो ।

आन्दोलनका रक्षा गर्न, पार्टीको क्रान्तिकारी धारलाई तीखो बनाउनका लागि जनताले हौसला प्रदान गरेको उहाको भनाइ छ । उहाले पार्टीको नीति र बिचारका साथ क्रियाशिल हुन आग्रह गर्नुभयो ।

प्रतिक्रिया