अनाथ बालबालिकासङ्ग भुमिकाको जन्मदिन

admin

काठमाडौ । गायिका भुमिका गिरिले आफ्नो जन्मदिन अनाथ बालबालिकासङ मनाएकी छन् ।आज आफ्नो जन्मदिनको अवसर पारेर गायिका गिरिले काठमाडौको चबहिल मुलपानीमा रहेको स्नेहा आश्रम पुगेर अनाथ बालबालिकाहरुलाई खाद्यान्न,लत्ताकपडा र कापीकलम हस्तान्तरण गरेकी हुन् ।

विगत लामो समयदेखि गायिकीमा रमाउदै आएकी गायिका गिरिले पछिलो ५ वर्ष यता यसरी नै विभिन्न अनाथ आश्रममा पुगेर आफ्नो जन्मदिन मनाउदै आएकी छन् ।

गायिका गिरि विभिन्न समाजिक कार्यमा समेत सहभागी हुँदै आएकी छन । उनले जन्मदिनकै अवसर पारेर क्यान्सर पीडितलाई समेत यथाशक्य सहयोग गरेकी छन् ।

“चोली मैलो भो”,”तारा सङै जुन” लगायतका थुप्रै चर्चित गितहरु मार्फत आफ्नो बेग्लै छवि बनाइ सकेकी गायिका गिरिले अनावश्यक खर्च गर्ने रकमले बुवा आम र आफन्त गुमाएका अनाथ बालबालिकालाई थोरै भएपनी राहत मिलोस् भन्ने भावनाले उक्त सामाग्री सहयोग गरेको बताइन् । सहयोग हस्तान्तरण गर्ने क्रममा कलाकार सुलेमान शंकर “इकु” ,अनाथ आश्रमका संचालकलगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया