समाजवादी प्रेस संगठनको विधान सर्वसम्मत पारित

admin

काठमाडौँ, १३ चैत : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को समाजवादी प्रेस संगठन नेपालले संगठनको विधान सर्वसम्मत पारित गरेको छ ।

देशभरिका ब्यवसायिक र श्रमजीबी पत्रकारहरुको हक अधिकारका लागि एकताबद्ध भएर गोलबन्द हुने प्रतिबद्धता सहित समाजबादी प्रेस संगठन नेपालको दुई दिने प्रथम बिस्तारित बैठक आइतबार काठमाडौमा सम्पन्न भएको हो ।

देशभरिबाट अति उत्साहका साथ सहभागी ३ सय ५० जना समाजबादी प्रेस संगठनका सस्थापक सदस्य, प्रदेश संयोजक, जिल्ला अध्यक्ष र संयोजक सहभागी बिस्तारित बैठकले समाजबादी प्रेस संगठनको बिधान २०७८ लाई ब्यापक छलफल गरी सर्बसम्मत रुपमा पारित गरेको हो ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले समापन गरेको बिस्तारित बैठकको उदघाटन सोही पार्टीका सम्मानित नेता झलनाथ खनालले गरेका थिए ।

अध्यक्ष नेपालले प्रतिगमन अझै पनि पुर्ण रुपमा सच्चिन बाकी रहेकोले लोकतन्त्र र संविधानका पहरेदार देशभरिका पत्रकारहरुलाई समाजवादी प्रेस संगठनमा गोलबन्द भई आआफ्नो ठाउंबाट प्रभाबकारी भुमिका निर्बाह गर्न आह्वान गरेका छन् ।

प्रतिगमनको मतियार बनेको प्रेस चौतारीबाट बिद्रोह गरी ६ महिंनामा नै देशब्यापि रुपमा संगठन बिस्तार गरिसकेको समाजबादी प्रेस संगठनको बिस्तारित बैठकले महासचिव भुपराज खडकाले पेश गरेको संगठनात्मक प्रतिबेदन, प्रदेश इञ्चार्जहरुहरुले पेश गरेको प्रतिबेदन र कोषाध्यक्षले पेश गरेको आर्थिक प्रतिबेदन पारित गर्नुका साथै बरिष्ठ पत्रकार एवं संगठनका सस्थापक टंक पन्तले प्रस्तृत गरेको २० बुदे महत्वपुर्ण समसामयिक प्रस्ताबहरु पनि सर्बसम्मतिले पारित गरेको छ ।

संगठनका अध्यक्ष एवं बरिष्ठ पत्रकार शम्भु श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको बिस्तारित बैठकमा एकीकृत समाजवादीका उपमहासचिब एवं मोर्चा संगठनका प्रमुख डा बिजय पौडेल, उपमहासचिब एवं केन्द्रिय प्रचार बिभागका प्रमुख जगन्नाथ खतिवडा, बरिष्ठ पत्रकार एवं संगठनका सस्थापकहरु किशोर श्रेष्ठ, बालकृष्ण चापागाइ, खेम भण्डारी, सुवास खतिवडा, बिनोद ढुगेल, अशेष घिमिरे, चमिना भटराई सहित संगठनका नेताहरुले प्रेस स्वतन्त्रता, श्रमजीबी पत्रकारहरुको हक हित र ब्यबसायिक सुरक्षाका लागि सबै पत्रकारहरु एक भएर आवाज उठाउनुपर्ने कुरामा जोड दिएका छन् ।

बिस्तारित बैठकको मान्युट कमिटीमा उपाध्यक्ष प्रकाश खतिवडा, सुभाष साह र तीर्थ सिग्देल, बहस नोट कमिटीमा नबराज छत्कुली, तेज वाग्ले र उर्मिला कुंवर र प्रस्ताब कमिटीमा बरिष्ठ पत्रकार टंक पन्त र भरतराज पोख्रेल रहेका थिए ।

कार्यक्रममा पत्रकार खेम भण्डारीद्वारा लिखित पुस्ताक ‘हावामहलको कुशल कारिगर’ नामक पुस्तकको बिमोजन, कलम डटकमडटएन्पीको शुभारम्भ र २ वटा चुनावी गितहरुको सार्वजनिक समेत गरिएको संगठनका महासचिव भुपराज खडकाले बताए ।

बिस्तारित बैठकले अझै पनि अन्यौल र भ्रमबाट प्रतिगमनको पक्षमा रहेका कतिपय पत्रकार साथीहरुलाई अग्रगमन, लोकतन्त्र, प्रेस स्वतन्त्रता र सबिधानको रक्षाका लागि संघर्ष गरेको र केही समय अगाडि स्थापित सकमाजवादी प्रेस संगठनमा गोलबन्द हुन आह्वान गरेको छ ।

प्रतिक्रिया