आवश्यकता अनुसार गठबन्धनका दलसँग तालमेल गर्ने कांग्रेसको निर्णय

admin

काठमाडौँ, १५ चैत : नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकले स्थानीय तहमा आवश्यकता अनुसार गठबन्धन दलसँग तालमेल गर्ने निर्णय गरेको छ।

सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा भएको बैठक पछि प्रवक्ता प्रकाशशरण महतले स्थानीय निर्वाचनमा स्थानीय आवश्यकता अनसार गठबन्धन दलसँग तालमेल गर्नेबारे सर्वसम्मत निर्णय भएको जानकारी दिए।

शुक्रवारबाट जारी बैठकमा आसन्न स्थानीय तह निर्वाचन, गठबन्धनबिच तालमेल लगायतका विषयमा केन्द्रित थियो। सोमबारको बैठकमा महामन्त्री गगन थापा र शेखर कोइराला र उनका समूहका नेताहरुले गठबन्धनको विपक्षमा मत राखेका थिए।

प्रधानमन्त्री शेरबहादुर देउवाले भने गठबन्धनबिच तालमेल गरे अघि बढ्नु अहिलेको आवश्यकता रहेको बताएका थिए। आजको बैठकले भने सर्वसम्मत रुपमा तालमेलबारे निर्णय गरेको हो।

यस्तै, बैठकले स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको संयोजकको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई दिने निर्णय गरेको छ। र, केन्द्रीय प्रचार समितिको संयोजकमा प्रवक्ता महतलाई जिम्मेवारी दिइएको छ।

यस्तै, प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा भारत भ्रमणबाट फर्किएपछि संसदीय बोर्ड गठन गरिने महतले जानकारी दिए। देउवा चैत १८ गते तीनदिने भ्रमणका लागि भारत जाँदैछन्।

प्रतिक्रिया