नेपाल पत्रकार महासंघको ६७औँ स्थापना दिवसको अवसरमा प्रभातफेरी

पिएनपि खबर

काठमाडौँ, १६ चैत; नेपाल पत्रकार महासंघको ६७ औं स्थापना दिवस बिभिन्न कार्यक्रम गरि मनाइएको छ ।

स्थापना दिवसको अवसरमा बिहान प्रभातफेरी निकालिएको छ । सिनामंगलबाट सुरु भएको प्रभातफेरी सञ्चारग्राम पुगेर समापन भएको थियो । स्थापना दिवसका अवसरमा महासंघको केन्द्रीय कार्यालयमा रक्तदान, निःशुल्क स्वास्थ्य परीक्षण गरिएको थियो । २०१२ साल चैत १६ गते कृष्णप्रसाद भट्टराई सहितका अग्रजहरुले स्थापना गरेको संगठनले विभिन्न उतारचढाव पार गरेको ६६ वर्ष पूरा गरेको छ ।

प्रतिक्रिया