कति छ आजको बिदेशी मुद्राको विनिमयदर ?

पिएनपि खबर

काठमाडौं चैत १७: नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्रबैंकले आजको अमेरिकी डलर एकको खरिददर अधिकतम १२१ रुपैयाँ १६ पैसा र बिक्रीदर १२१ रुपैयाँ ७६ पैसा कायम गरेको छ ।

युरोपियन युरो आज एकको खरिददर १३४ रुपैयाँ ८९ पैसा र बिक्रीदर १३५ रुपैयाँ ५६ पैसा छ । युके पाउन्ड स्टलिङ एकको खरिददर १५९ रुपैयाँ ३१ पैसा र बिक्रीदर १६० रुपैयाँ १० पैसा कायम छ ।

कतारी रियालको एकको खरिददर ३३ रुपैयाँ १६ पैसा र बिक्रीदर ३३ रुपैयाँ ३२ पैसा छ । जापानी येन आज १० को खरिददर नेपाली ९ रुपैयाँ ९४ पैसा र बिक्रीदर ९ रुपैयाँ ९९ पैसा रहेको छ भने साउदी अरबीयन रियाल एकको खरिददर ३२ रुपैयाँ २९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

 

प्रतिक्रिया