निर्वाचनमा दलहरू कसरी अगाडि बढ्छन् भन्ने जिज्ञासा जनतामा छ: खनाल

पिएनपि खबर

काठमाडाैं, १७ चैत: पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले नेपालका चुनौती र सम्भावना ठिक ढंगबाट पहिचान गरेर अगाडि बढ्नुपर्ने बताएका छन् ।

बिहीबार रिपोटर्स क्लब नेपालको २४औं वार्षिकोत्सवमा उनले देशमा चुनौती नै चुनौती रहेको र हाम्रा विगतको कार्यशैलीले समस्याको समाधान गर्न नसकिने देखिइसकेकाले नयाँ ढंगले जानुपर्ने बताए ।

लोकतन्त्र र संविधानको रक्षाका लागि चुनौतीको सामना गरेर आफूहरू अगाडि बढिरहेको खनालले बताए ।

निर्वाचनमा दलहरू कसरी अगाडि बढ्छन् भन्ने जिज्ञासा आमजनतासामु रहेको उनले बताए । नेपाली समाजलाई स्थायित्वतिर लग्नुपर्ने बताउँदै खनालले संविधानको रक्षा र उपलब्धीको रक्षाको जिम्मेवारी दलहरूमा रहेको बताए ।

खनालले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको सफलताको कामना गरे ।

प्रतिक्रिया