निर्वाचन आचारसंहिता पालना गर्न राजनीतिक दलहरु गम्भीर हुनुपर्छ : थपलिया

admin

काठमाडौं, १७ चैत : निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहिता पालना गर्न स्वयं राजनीतिक दलहरु गम्भीर हुनुपर्ने बताउनुभएको छ ।

बिहीबार ललितपुरमा आयोजित निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन र सरोकारवालाहरूको भूमिका बिषयक अन्तक्र्रिया कार्यक्रमा उहाले सवै दलहरुसंग छलफल गरेर बिज्ञलाई राखेर आचारसंहिता बनाएको भन्दै यसको पालना गर्न स्वयं राजनीतिक दलहरु गम्भीर हुनुपर्ने बताउनुभएको हो ।

लोकतन्त्रको रक्षा र शासकीय स्वरुपको निष्पक्षताका लागि सवै मिलेर निर्वाचन सफलता पूर्वक सम्पन्न गर्नुपर्ने उहाको भनाई छ ।

त्यस्तै थपलियाले निर्वाचनका क्रममा सामाजिक सञ्जालमा आचारसंहिता अनुगमन गर्नका लागि आयोगको नेतृत्वमा गृह मन्त्रालय, नेपाल प्रहरी, दूरसञ्चार प्राधिकरण लगाएत सहभागी टोली गठन गरिएको र सामाजिक सञ्जालमा दिइने हेट स्पिचको निगरानी भइरहेको बताउनुभयो ।

उहाले सामाजिक सञ्जालमा निर्वाचनसम्बन्धी गतिविधि गर्दा र अभिव्यक्ति दिँदा ध्यान दिन सुझाव दिनुभयो । राजनीतिक दललाई आफ्नै पहिचालन दिनका लागि आयोगले दर्ता भएका दललाई आफ्नै निर्वाचन चिन्ह दिन खोजेको उहाले बताउनुभयो ।

उहाले बिदेशमा रहेका नेपालीका लागि मतदानको व्यवस्था र नो भोटको व्यवस्था अहिले नै कार्यान्वयन गर्न अप्ठेरो रहेको भन्दै निर्वाचन सम्बन्धी छलफलमा यसलाइ प्राथमिकताका साथ उठाइने जिकिर गर्नुभयो ।

प्रतिक्रिया