गाउँपालिका अध्यक्षसहित २७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

admin

काठमाडौँ, १७ चैत : रामेछापको लिखु–तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्द खड्काविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।

उपभोक्ता समितिका नाममा भ्रष्टाचार गरेको दाबीसहित अख्तियारले अध्यक्ष खड्का सहित कार्यकारी अधीकृत, लेखापाल र उपभोक्ता समितिका पदाधिकारीसहित २७ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारले गाउँपालिका अध्यक्ष गोविन्दबहादुर खड्काविरुद्ध ४ करोड २१ लाख, तत्कालीन प्रमुख पर्शासकीय अधिकृत राजुप्रसाद न्यौपानेविुरुद्ध १ करोड १२ लाख ८२ हजार, तत्कालीन लेखा खधिकृत दुर्गाबहादुर डिङदोङ तामाङविरुद्ध १ करोड २६ लाख ७५ हजार भ्रष्टाचार गरेको आरोपसहित बिगो दाबी गरेको छ ।उपभोक्ता समितिका अध्यक्षसहितका पदाधिकारीविरुद्ध पनि १ करोड बढी भ्रष्टाचार गरेको दाबी अख्तियारले गरेको छ ।

प्रतिक्रिया