खैरोहिरोइन र नाइट्रोभेटसहित तीनजना पक्राउ

admin

मकवानपुर, १८ चैत : मकवानपुर प्रहरीले मकवानपुरको छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय पशुपतिनगर हेटौंडाबाट खटिएको टोलीले पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा–१५ रातोमाटे चेकपोष्टबाट ४ ग्राम खैरोहिरोइन र १३ ट्याब्लेट नाईट्रोभेट सहित एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धादिङ निलकण्ठ नगरपालिका–१४ का २९ बर्षीय बलराम गुरुङ रहेका छन् । बीरगञ्जबाट हेटौंडा आउँदै गरेको प्र.३–०२–००६ प २६१४ नम्बरको मोटरसाइकल चेकिङको क्रममा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुका प्रहरी नायव उपरिक्षक जयश्वर रिमालले जानकारी दिए ।

यस्तै जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले हेटौंडा–२ संगमचोकबाट २ ग्राम ७५० मिलिग्राम खैरोहिरोइन सहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा हेटौंडा–१५ का २३ बर्षीय राजेश खाती र राक्सिराङ गाउँपालिका–३ का २० बर्षीया आयुषा ठकुरी रहेका छन् ।

प्रहरीले ना ४३ प ८६५१ नम्बरको मोटरसाइकल सहित उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुलाई जिल्ला अदालत मकवानपुरबाट म्याद थप गरेर आवश्यक अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।

प्रतिक्रिया